२०८१ बैशाख ७
April 19, 2024, Friday

कोरोना भाइरसको संक्रमण बढ्दा खेलकुद गतिविधि ठप्प

चीनको वुहान प्रान्तबाट शुरु भएको नोभल कोरोना भाइरस (कोभिड–१९) विश्वका १ सय ३ देशमा फैलिएको छ ।

Chelsea’s Marcos Alonso in action with Liverpool’s James Milner during the FA Cup Fifth Round match between Chelsea and Liverpool, on Stamford Bridge, in London, Britain, on March 3, 2020. Photo: Action Images via Reuters

विश्वमा कोरोनाको संक्रमण फैलिएसँगै नेपाल पनि यसबाट प्रभावित भएको छ । कोरोनाको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन सरकारले पनि खबरदारी गरिरहेको छ ।

मानिसको जमघट हुने कार्यक्रमहरु, सभा, सम्मेलन तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम स्थगित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना नै निकालेर ठूला कार्यक्रम आयोजना नगर्न निर्देशन नै दिएको छ ।

सरकारको निर्देशनले नेपाली खेलकुद क्षेत्रमा पनि असर परेसँगै अहिले धेरै गतिविधिहरु रोकिएका छन् ।

बुधबार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तत्कालका लागि हुने तय भएका खेलकुद प्रतियोगिता नगर्न भन्दै विज्ञप्ति जारी गरेसँगै खेल गतिविधि रोकिएका हुन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका खेल पनि तत्कालका लागि रोकिएका छन् । विश्वकप छनोट अन्तर्गत चाइनीज ताइपेइ र अस्ट्रेलियाबीचको खेल दशरथ रंगशालामा चैत १३ र १८ गते हुने तय भएको थियो ।

तर, कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि फिफाले एएफसीमार्फत् संघहरुलाई अहिल रोक्न प्रस्ताव गरेको थियो । त्यस्तै, सरकारले पनि यस्ता ठूला खेलमा धेरै मानिसहरुको उपस्थित रहने र त्यस्तो अवस्थामा कोरोना भाइरसको संकक्रमण देखिए असर गर्न सक्ने भन्दै तत्काल रोक्न निर्देशन दिएको छ ।

यता, अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन १८ गतेदेखि शुरु भएको विश्वकप छनोटछको बन्द प्रशिक्षण रोक्ने निर्णय गरिसकेको छ ।

यता, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चैत १ देखि १५ सम्म हुने तय भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) चैत ३ गतेदेखि हुने तय भएको राष्ट्रिय महिला लिग लगायतका ठूलो प्रतियोगिताहरु तत्कालका लागि रोकिएका छन् ।

अहिले भइरहेका राजधानीमा शहीद स्मारक बी डिभिजन लिग, पोखराको आहा रारा गोल्डकप भने चलिरहेका छन् । यस्तैमा बुटबलको तिलत्तोमा गोल्डकप यसअघि नै रोकिइसकेको छ ।

भलिबलमा भने यसअघि नै बंगलादेशमा हुने तय भएको एसियन भलिबल कन्फिडेरेस (एभीसी) भलिबल च्याम्पियनसिप स्थगन भइसकेको छ । बक्सिङका धेरैजसो प्रतियोगिताहरु रोकिएको छ । गणेशमान स्मृति बक्सिङ च्याम्पियनसिप यसअघि नै तत्कालका लागि रोकिइसकेको छ ।

यता, ओलम्पिक छनोटको बन्द प्रशिक्षणमा रहेको करातेको टोली भने नियमित अभ्यासमा रहने प्रशिक्षक दिपक श्रेष्ठले बताएका छन् । अहिले करातेका कुनै प्रतियोगिता नरहेको कारण अभ्यासमा धेरै मानिसहरुको हुलमुल नहुने भएकाले नियमित अभ्यास जारी नै रहने श्रेष्ठले बताए ।

नेपाली खेलकुदमा क्रिकेट र फुटबलको तालिका प्रायः व्यस्त हुन्छ । तर, कोरोना भाइरहसका कारण तालिका सार्नु पर्दा भविष्यमा गएर असर गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताएका छन् ।

‘अहिले हामीले पनि सरकारको निर्णयमा साथ दिएका छौं । तर, यसले गर्दा फुटबलको तालिकामा असर गर्ने देखिएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘तालिका अनुसार चलिरहेको खेल सबै रोक्नु पर्दा केही हदसम्म समस्या हुन्छ ।’

ईपीएल एमडी अमिर अख्तरले क्रिकेट भन्दा पनि सर्वसाधारणको स्वास्थ्य महत्वपूर्ण भएकाले खेल स्थगन गरेको यसअघि नै बताइसकेका छन् । ईपीएलमा विश्व चर्चित खेलाडीहरु काठमाडौं आउने निश्चित भइसकेको थियो । तर, कोरोना भाइरस विश्व व्यापी रुपमा फैलिरहँदा नेपालले सतकर्ता अपनाइरहेको छ ।

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७६ फाल्गुन २५, आईतवार ११:५६ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
नवनियुक्त महालेखापरीक्षकले लिनुभयो शपथ
  • २०७६ फाल्गुन २५, आईतवार ११:५६ गते

काठमाडौं, वैशाख ६ गते। नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७६ फाल्गुन २५, आईतवार ११:५६ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

TOP