२०८० मंसिर १४
November 30, 2023, Thursday

बाघको छाला र सालकको खपेटा सहित एकजना पक्राउ

बाघको छाला र सालकको खपेटा सहित एकजना पक्राउ

कास्की ,असोज ७
बाघको छाला र सालकको खपेटासहित एक जना पक्राउ परेका छन् । धादिङ गल्छी गाउँपालिका-४ घर भएका २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका(३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटा र करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले शिशुवाबाट बनपोखरीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०११ प ७८०६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा लुकाई ल्याएको उक्त आखेटोपहार फेला पारी मोटरसाइकल चालक लामिछानेलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related News

लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार
  • २०७७ आश्विन ७, बुधबार ०८:२१ गते

आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...

सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
सूर्यविनायक–रत्नपार्कमा पुनः द्रुत बस सेवा
  • २०७७ आश्विन ७, बुधबार ०८:२१ गते

सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ ।  आजदेखि प्रत्यक दिन...

रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
रेशम चौधरीको आममाफीमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
  • २०७७ आश्विन ७, बुधबार ०८:२१ गते

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश...

TOP