काठमाडौं ,असोज ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कैदीको ‘शंकास्पद मृत्यु’ को घटनाबारे गम्भीर ध्यानाकर्षण जनाएको छ । आज बुधबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त घटनामा कुनै सत्यता नभएको बताए ।
प्रवक्ता डा. गौतमका अनुसार वीर अस्पतालमा उपचारका लागि केन्द्रीय कारागारबाट असोज ३ गते राति १०:५५ बजे एक कैदी ल्याइएको थियो । रुपन्देही, सिद्धार्थ नगरपालिका घर भएका ६३ वर्षीय ती बिरामी कैदीलाई इमरजेन्सी विभागमा ल्याउने बित्तिकै परीक्षण गर्दा जिवित रहेको कुनैपनि चिन्ह नदेखिएपछि ड्युटीमा खटिएका चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
कारागारकै सुरक्षाकर्मीको अनुरोधमा शवको कोरोना परीक्षण गर्नुपर्ने भइ मृतकको स्वाब लिइ अस्पतालको ल्याबमा परीक्षण गरिएको थियो । असोज ५ गते रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले जानकारी दिए ।
‘कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएकोले मृतकको शव अस्पतालकै शव गृहमा राखिएको थियो । विगत ४ दिनदेखि मृतकको शव शवगृहमा रहेकाले सड्ने(गल्ने प्रक्रियाका कारण शरीरमा विभिन्न फोकाहरु निस्किएको, छालाको रंग निलो(कालोमा परिणत भएको, जिउ सुन्निएको तथा मुख र नाकबाट रगतमिश्रित तरल पदार्थ निस्किएको अवस्था हो,’ प्रवक्ता गौतमको भनाइ छ ।
सड्न(गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुने र यो सामान्य प्रक्रिया भएको डा। गौतमको भनाइ छ । साथै उनले मृतकको शरीरको कुनै अंग ननिकालिएको पनि स्पष्ट पारे । उनले भने,‘मृतकको शवबाट कुनै अंगहरु निकालिएको छैन र निकाल्ने कुरा पनि आउँदैन । कल्पना समेत गर्न नसकिने आरोप लगाएर समाचार सम्प्रेषित नगरिदिन म अपिल गर्न चाहन्छु ।’
मृतक कैदी ज्यान मार्ने मुद्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए । उनको मृत्यु भएपछि परिवारले भने अस्पतालले अंग निकालेको, मृत्यु नभइ हत्या गरिएको आरोप लगाएको थियो ।
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...
काठमाडौं । आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी...