काठमाडौं ,असोज ७
राष्ट्रिय सभा सदस्य तथा पूर्ववकिलसमेत रहेका रामनारायण बिडारीले दिएको बलात्कारबारेको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ ।
एक टेलिभिजनको कुराकानीको क्रममा सांसद बिडारीले उमेर पुगेका किशोरी बलात्कृत भइन् भने त्यो ९० प्रतिशत बलात्कार हुँदैन भनेर दिएको अभिव्यक्तिको मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी तथा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादीका बरिष्ठ नेता डा। बाबुराम भट्टराईलगायतले आलोचना गरेका छन् ।
“आज शिर निहुरियो । आज नेपालमा किन बलात्कार बढ्दै छ रु सायद यो भिडिओ अन्तरवार्ताको अंश होला । तर, एक सासंदको भनाइले समाजमा अपराध गर्ने र उक्साउनेको मनोबल कसरी बढाउँछ, त्यसको ज्वलन्त प्रतिबिम्व हो ।’ सदस्य अन्सारीले ट्वीटरमार्फत् सांसद बिडारीको भनाइ राखी ट्वीट गर्दै उल्लेख गरेकी छिन् ।
यस्तै नेता भट्टराईले पनि राष्ट्रिय सभा निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरुले भरिएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, “राष्ट्रिय सभालाई यस्ता निर्लज्ज व्यक्ति र चुनाव हारेकाहरूले भरेर कसरी रसातलतिर पुर्याइँदैछ भन्ने अर्को उदाहरण हो यो । पत्नीसँग पनि इच्छाविपरीत यौनकर्म गर्नु बलात्कार हुन्छ भन्ने यी वकिल महोदयलाई थाहा नहोला र रु बरु बरू९० प्रतिशत बलात्कार आरोप सत्य र १० प्रतिशत झुटो पो होला त ।”
सांसद बिडारीले उमेर पुगेकी किशोरी कहिल्यै बलात्कृत नहुने बरु मन मिलुञ्जेल मनोरञ्जन गर्ने र मन नमिलेपछि बलात्कार हुनेसम्मको उनले अभिव्यक्ति दिएका छन् ।
काठमाडौं – काठमाडौंको खानेपानीमा दिसामा पाइने जीवाणु भेटिएको छ। जसले गर्दा हैजा फैलिएको विज्ञहरूले बताएका छन्। काठमाडौंमा हैजाका बिरामी देखिएपछि...
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...