काठमाडौँ,असोज ७
आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपियाँले घटेको छ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन सोमबारप्रतितोला २ सय रुपियाँ बढेको सुनको मूल्य हिजोबाट भने ओरालो लाग्न थालेको छ । आज चाँदी पनि प्रतितोला ४० रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९० रुपियाँ निर्धारण गरिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९५ हजार रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय ३० रुपियाँमा कारोबार भएको थियो ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...