२०७९ असार १३
June 27, 2022, Monday
यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल

स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल

स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल

काडमाडौं,असोज ७
यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ । सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो ।

विभागले होटल रेष्टुरेन्ट, सवारी साधनका सञ्चालक, सवारी चालक, सहचालक, यात्रु सबैले आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले यात्रुलाई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था गर्न सडक आसपास सञ्चालनमा रहेका होटल रेष्टुरेन्टलाई अनुरोध गरे ।

यात्राका क्रममा जथाभावी खानाखाजा खाँदा, सवारी साधनमा चढ्ला, झर्दा, अनावश्यक यात्रा गर्दा कोभिड सङ्क्रमण झन् फैलन सक्ने सम्भावना औँल्याउँदै विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खानाखाजा आफैँ घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ । विभागले कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको अहिलेको अवस्थामा अत्यावश्यक कामका लािग मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Related News

११ महीनामा १७ सय बिजुली गाडी आयात
११ महीनामा १७ सय बिजुली गाडी आयात
  • २०७७ आश्विन ७, बुधबार ०६:४०

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढ्न थालेको छ । गतवर्षसम्म न्यून रहेको विद्युतीय गाडीको आयात चालू आर्थिक...

वायु सेवा सञ्चालकलाई प्राधिकरणको चेतावनी- हवाई सेवा बन्द गरे चुप लागेर बस्दैनौँ
वायु सेवा सञ्चालकलाई प्राधिकरणको चेतावनी- हवाई सेवा बन्द गरे चुप लागेर बस्दैनौँ
  • २०७७ आश्विन ७, बुधबार ०६:४०

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सेवा बन्द नगर्न वायु सेवा कम्पनीहरूलाई आग्रह गरेका छन् । विभिन्न पाँच...

युट्युबले थप्यो यस्तो संबेदनसिल नयाँ फिचर
युट्युबले थप्यो यस्तो संबेदनसिल नयाँ फिचर
  • २०७७ आश्विन ७, बुधबार ०६:४०

काठमाडौँ – युट्युबले प्रयोगकर्ताहरूको सहजीकरणका लागि नयाँ फिचर थपेको छ। युट्युबले अपलोड गरिसकेको भिडियो सम्पादन गर्न मिल्ने ‘करेक्सन’ फिचर सार्वजनिक...

TOP