कास्की ,असोज ७
कोभिड -१९ महामारी चलिरहेका बेला सरकारको निर्णयविपरित होस्टल खोलेर पठनपाठन सुरू गरेको भन्दै एक होष्टल सञ्चालिका पक्राउ परेकी छिन् ।
सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका(४ गैह्रापाटनस्थित अलब्राईट होष्टलमा विद्यार्थीहरू राखेर पठनपाठन समेत गरी सञ्चालन गर्ने होष्टल सञ्चालिका पोखरा महानगरपालिका(८ न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
कोरोना भाईरस कोभिड-१९ को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारद्वारा निषेधित होष्टल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिडभाड हुने स्थानहरु सञ्चालन नगर्नेरनगराउने निर्णय विरुद्धमा कार्य गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...