सुर्खेत,असोज ८
कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएपछि तीन दिनका लागि महाशाखा सिल गरिएको हो ।
‘महाशाखाका एक कर्मचारीमा संक्रमण पुष्टि भएको छ,’ मन्त्रालयका सचिव लोकनाथ पौड्यालले भने, ‘अन्य कर्मचारीको कन्ट्याक्ट टे्रसिङ र पीसीआर रिर्पोट नआउँदासम्मका लाग महाशाखा सिल गरेका छौ ।’
सचिव पौड्यालका अनुसार असोज ८, ९ र १० गते तीन दिनका लागि स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।
आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनकी श्रीमान् मोतीबाबु साहको संलग्नता देखाएको छ । अदालतले जनकपुरधामकी साह मृत्यु प्रकरणमा श्रीमान्...
सिरहा : सिरहाको भगवानपुर गाउँपालिका वडा नं.४ ठाडीबाट भन्सार छलीको सामान बरामद गरिएको छ । प्रहरीका इन्चार्ज तिलक कार्कीको कमाण्डमा...
नेपाल प्रहरीले काठमाडौंको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...