काठमाडौं ,असोज ८
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए ।
उपचारकै उनको क्रममा बुधबार साँझ निधन भएको हो । १३ दिनअघि ९११ सेप्टेम्बरमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।
अंगडी सन् २००४ देखि लगातार लोकसभाका लागि निर्वाचित भएका थिए । उनी १७औँ लोकसभाका लागि कर्नाटकको बेलगाम क्षेत्रबाट निर्वाचित सांसद हुन् । लगातार चौँथोपटक लोकसभामा निर्वाचित भएपछि उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।
यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
काठमाडौं, दुई दिने नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्यलाई थप अघि...
काठमाडौं, निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी...
काठमाडौँ, राष्ट्रिय योजना आयोगमा तीन जना सदस्य नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र...