काठमाडौं,असोज ८
उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले चिनियाँ नाकामा देखिएको समस्या दीर्घकालीन समाधानको लागि प्रयास भइरहेको बताएका छन् । केहि समयदेखि बन्द नाका चाडोभ न्दा चाडो पूर्ण रुपमा सञ्चालन हुने मन्त्री दुगडले बताए ।
‘रसुवागढी, केरुङ र तातोपानी सबै नाका खुलाउनका लागि हामीले उच्च स्तरमा छलफल गरिरहेका छौं’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अब चाडै नाकाबाट सामानहरु पूर्ण रुपमा आउन थाल्छन्, नाका खुलेपछि पुनः बन्द नहोस् भनेर पनि छलफल भइरहेको छ ।’
कोरोनाको कारण देखाउँदै १० महिना यता चिनियाँ नाका बन्द रहेका छन् । नाका बन्द हुँदा नेपाली व्यापारीहरुले मगाएका १२ सय भन्दा धेरै कन्टेनरहरु नाकामै रोकिएका छन् । लामो समयदेखि नाकामा सामान रोकिँदा कतिपय सड्ने, गल्ने अवस्थामा पुगिसकेको व्यापारीहरुको गुनासो छ ।
सामान नाकामै रोकिए पछि पछिल्लो समय व्यवसायीहरुले सामान छुटाएर नाका सहज बनाइदिन सरकारसँग माग गर्दै आएका छन् । समस्या स्याउ र प्याज ल्याउनेको मात्रै छैन, चैत(वैशाखको गर्मीका लागि भनेर व्यवसायीले ल्याएको एक अर्ब हाराहारीको लत्ताकपडा पनि बाटोमै छ ।
लामो समय बाटोमै अलपत्र कपडा पनि बिग्रिएर र फेसन-आउट भएर मिल्काउनुपर्ने अवस्थामा आउन लागेको हिमालय सीमापार वाणिज्य संघको भनाइ छ ।
नाका सहज बनाइदिन आग्रह गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले परराष्ट्र मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सरकारका अधिकारीहरु तथा सत्ता पक्ष तथा प्रतिपक्ष दलका नेताहरुलाई समेत भेटेर ध्यानाकर्षण गराएका थिए । राज्यमन्त्री दुगड आफैं पनि उद्योगी-व्यवसायी हुन् ।
राज्यमन्त्री दुगडले अहिले बजारमा देखिएको प्याजको समस्या पनि चाडै समाधान हुने बताए । अहिले भारतले प्याज निर्यात रोकिदिएको छ ।
भारतले प्याज निर्यात नगर्दा नेपालमा प्याजको मूल्य अत्यधिक महंगिएको छ । मन्त्री दुगडले प्याजको समस्या पनि चाँडोभन्दा चाडो समाधानका होस भनेर आफूले छलफल गरिरहेको बताए ।
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
नेकपा (एकीकृत समाजवादी) को ६७ औँ सचिवालय बैठक स्थगित गरिएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भनिएको उक्त...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...