बझाङ,असोज ८
बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ । पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।
शरीरभरि निलडाम र नग्न शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले जानकारी दिनुभयो । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेका छन् ।
बालिकाका बुबाआमा भने रोजगारीका लागि भारतमा छन् । प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...