एजेन्सी ,असोज ८
बार्सिलोनाका कप्तान लियोनल मेसीका खास मित्र उरुग्वेली फरवार्ड लुइस सुआरेज स्पेनिस क्लब एट्लेटिको मड्रिड गएका छन् । बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएमनको नजरमा पर्न नसकेपछि इटालियन क्लब युभेन्टस जाने सोच बनाएका सुआरेज स्पेनिस क्लबमा आबद्ध भएका हुन् ।
बार्सिलोनाका लागि तेस्रो सर्वाधिक गोलकर्ता रहेका सुआरेजले बार्सिलोनामा ६ वर्ष बिताउदा १३ वटा ट्रफी जितेका छन् ।
२०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुआरेजले त्यहाँ रहँदा ४ पटक ला लिगा ४ पटक कोपा डेल रे १ च्याम्पियन्स लिग १ युइएफए सुपर कप २ स्पानिस सुपर कप र १ क्लब वर्ल्डकपको उपाधि जितेका छन् । साथै उनले एक पटक सर्वाधिक गोलकर्ताको अवार्ड समेत हात पारेका थिए ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...