२०८० चैत्र १५
March 28, 2024, Thursday

एकैदिन ४ जिल्लामा पहिराे, गर्भवती र ७ महिने शिशुसहित १३ जनाकाे मृत्यु

एकैदिन ४ जिल्लामा पहिराे, गर्भवती र ७ महिने शिशुसहित १३ जनाकाे मृत्यु

काठमाडौं,असोज ८

पाल्पा, रम्भा गाउँपालिका-२ सुरुङडाँडा बस्ने वीर बहादुर गाहाको घर बिहीबार बिहान पहिरोले पुरिँदा उनकी श्रीमती २७ वर्षीया मोतिसरा गाहाको घटनास्थलमै मृत्यु भएको छ । मोतिसरा ८ महिनाकी गर्भवति रहेकी बुझिएको छ । पहिरोमा पुरिएका वीर बहादुरको १ जना छोरा, १ जना छोरी र १ जना भान्जीलाई सकुशल उद्धार गरिएको छ ।

स्याङजा, कालिगण्डकी गाउँपालिका-४ गौतम डाँडा बस्ने बाबुराम दमाईको घरमा बिहीबार बिहान पहिरो आउँदा उनका छोरा १६ वर्षीय बिष्णु दमाईको पुरिएर मृत्यु भएको छ । विष्णु पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्घा र ईलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उनको खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो । पहिरोले बाबुराम र जगत बहादुर दमाईको घर पूर्णरुपमा क्षति भएको छ ।

यसैगरी स्याङ्जा, वालिङ नगरपालिका-१४ तमादि बस्ने माया नेपालीको घरमा बिहीबार बिहान पहिरो आई घर र गोठ पुरिँदा २७ वर्षीया उमाकला नेपालीको मृत्यु भएको छ । घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बलबाट समेतबाट खटिएको प्रहरीले उनको उद्धार तथा खोजी गर्ने क्रममा शव फेला पारेको हो । पहिरोमा पुरिएकी १५ वर्षीया मनिषा नेपालीलाई उद्धार गरिएको छ । उनलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङतर्फ पठाइएको छ । उक्त घरमा १० जना परिवार रहेकामा ९ जनाकाे शव फेला परिसकेकाे छ ।

उता कपिलवस्तु, बाणगंगा नगरपालिका-७ कपिलधाम नजिकै जिनुवा बनगाई सडकखण्डमा बा१ ञ १०८९ नम्बरको गाडी बुधबार दिउँसो कोईली खोलाले बगाउँदा गाडी चालक गुल्मी रेसुङगा नगरपालिका-५ बस्ने ३५ वर्षीय माधव पाण्डेको मृत्यु भएको छ ।

जिनुवाबाट विद्युत मर्मत गरी फर्कदै गरेको नेपाल विद्युत प्राधिकरण तौलिहवा अन्तर्गत फ्युज शाखा कार्यालय जितपुर कपिलवस्तुको उक्त गाडी खोलाले बगाउँदा गाडीमा सवार उक्त कार्यालयका कर्मचारी चालक सहित ४ जना र अन्य २ जना गरी ६ जनामध्ये ३ जना बेपत्ता भएका थिए । २ जना कर्मचारी र अन्य १ जना पौडी खेलेर बाहिर निस्केको बुझिएको छ । अन्य ३ जना मानिस र गाडी बेपत्ता रहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको सुरक्षाकर्मीको टोलीले करिब २० मिटर तल खाल्डोमा गाडी र चालक पाण्डेको शव फेला पारेको हो ।

हालसम्म बेपत्ता रहेका बाणगंगा नगरपालिका-१ बस्ने ५२ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँची सितगंगा नगरपालिका-१३ बस्ने ६२ वर्षीय केश बहादुर भाटको खोजी भइरहेको छ ।

धनकुटा, महालक्ष्मी नगरपालिका-९ सिरिसे बस्ने ३१ वर्षीय धनबहादुर आङ्लाको घर वर्षाको कारण भत्किदा उनकी ७ महिनाकी छोरी गंगा आङलाको पुरिएर बुधबार दिउँसो मृत्यु भएको छ । धनबहादुर समेत सामान्य घाइते भएका छन् । तत्काल घटनास्थलमा खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार गरिरहेको छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन ८, बिहीबार ०९:४४ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ आश्विन ८, बिहीबार ०९:४४ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ आश्विन ८, बिहीबार ०९:४४ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP