२०८१ बैशाख ७
April 19, 2024, Friday

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन

कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन

काठमाडौं ,असोज ८
भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । ६५ वर्षीय अंगडी दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत थिए ।

उपचारकै उनको क्रममा बुधबार साँझ निधन भएको हो । १३ दिनअघि ९११ सेप्टेम्बरमा कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि उनी अस्पताल भर्ना भएका थिए । उनी आफैँले ट्विट गर्दै संक्रमित भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।

अंगडी सन् २००४ देखि लगातार लोकसभाका लागि निर्वाचित भएका थिए । उनी १७औँ लोकसभाका लागि कर्नाटकको बेलगाम क्षेत्रबाट निर्वाचित सांसद हुन् । लगातार चौँथोपटक लोकसभामा निर्वाचित भएपछि उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेल राज्‍यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

यसबीच रेल राज्यमन्त्री अंगडीको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना प्रकट गरेका छन् । उनको निधनको शोकमा भारतको गृह मन्त्रालयले बिहीबार दिल्लीका सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Related News

बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
बाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
  • २०७७ आश्विन ८, बिहीबार ०५:२७ गते

लेखनाथ, वैशाख ६ गते। भारत घर भएर पोखरामा बस्ने एक व्यक्तिले आफूले फेला पारेको १७ लाख रकम प्रहरीको रोहबरमा रकमका धनीलाई...

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ आश्विन ८, बिहीबार ०५:२७ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ आश्विन ८, बिहीबार ०५:२७ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

TOP