काठमाडौं ,असोज ९
चीनलाई भारतले पिएएलका सैनिक अघि बढे भारतीय सैनिकले उनीहरुमाथि गोली चलाउने सक्ने चेतावनी दिएको छ । चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला भारतले यस्तो चेतावनी दिएको हो ।
द हिन्दुलाई उदृद्ध गर्दै बीबीसी हिन्दीले उल्लेख गरेअनुसार भारतले चीनलाई स्पष्ट शब्दमा चेतावनी दिएको हो । भारतीय सैनिक अधिकारीले भनेका छन्– ‘अब हामीले चीनलाई भनिदिएका छौं कि यदि तपाईंहरु हाम्रो नजिक आउनु हुन्छ भने हामी गोली चलाउनेछौं । सैनिकलाई पनि आत्मरक्षामा गोली चलाउने अधिकार दिइएको छ ।’
पछिल्ला दिनमा पूर्वी लद्दाख त्यो ताल नजिकै भारती र चिनियाँ सैनिकबीच थुप्रै पटक हवाई फायरिङ भएको छ । भारत र चीनबीच भएको छैटौं चरणको वार्तामा दुबै देश सीमामा थप सैनिक नपठाउने विषयमा सहमत भएका छन् ।
भारत र चीनका सैनिकबीच जूनमा गलवान घाँटीमा झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनले आफ्नो हताहत भएका सैनिकको संख्या जारी गरेको छैन ।
मिति २०८०।०६।१३ गते अं. १४:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.१६ कालधारा स्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले चेक...
मल्लरानी गाउँपालिका-३ सालठाटीस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी...
आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै हुनुहुन्छ...