काठमाडौं ,असोज ९
दार्चुलाको महाकाली नगरपालिका-४ बंगाबगडको एक होटलमा एक प्रहरी नायब निरीक्षक सई मृत फेला परेका छन् । कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल शुक्रबाट बिहान करिब ४ बजे मृत फेला परेका हुन् ।
सई रावल इलाका प्रहरी कार्यालय, हुतीमा सरूवा भएका थिए । त्यहाँ जाने क्रममा उनी राति होटलमा बास बसेका थिए । बिहानपख होटलको बाथरूम बाहिर मृत भेटिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
उनका अनुसार घटना भएको जानकारी प्राप्त हुनेबित्तिकै रावललाई जिल्ला अस्पताल दार्चुला पुर्याइएको थियो । त्यहाँ पुग्दा डाक्टहरूले मृत घोषणा गरेका हुन् । रावल दल्लेख प्रहरी चौकीबाट हुती सरुवा भएका थिए ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...