२०८० आश्विन १४
October 1, 2023, Sunday

सामूहिक बलात्कारको शिकार : पैसा लिएर नमिले ज्यान मार्ने धम्की

सामूहिक बलात्कारको शिकार : पैसा लिएर नमिले ज्यान मार्ने धम्की

जनकपुरधाम ,असोज ९

सामूहिक बलात्कारको शिकार भएकी किशोरीले घटना मिलाउन पैसा लिन अस्वीकार गर्दा पीडकका परिवारजनले ज्यान मार्ने धम्की दिन थालेका छन्।बलात्कारमा संलग्न आरोपितका परिवारले प्रतिव्यक्ती ३ लाखका दरले १२ लाख रुपैया एकमुष्ट दिएर बलात्कार मुद्दा गाउँमै मिल्न दबाव दिइएको पीडितले बताएकी छिन्।

सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया सबरी सदा ९परिवर्तति नाम० लाई सामूहिक बलात्कार गर्नेका परिवारले विभिन्न माध्यमबाट पीडितलाई पैसा दिएर घटना मिलाउने प्रयास गर्दै आएका छन्। पीडकका परिवारलाई मिलाउन जनता समाजवादी पार्टीका नेतासहितको ८ जनाको समूहले फकिरचन्द्र गामी उमावि बरकुर्वा, रघुनाथपुरमा गत विहीबार छलफल नै गरेका थिए।

पीडितका आमा, बुवा र एक जना आफ्न्तलाई बोलाई सुरुमा बलात्कार गर्नेहरु चार जनाबाट प्रति व्यक्ति एक लाख रुपैंया दिने प्रस्ताव गरेको पीडितकी आमाले बताइन्। पीडित पक्षले मिल्न नमानेपछि रकम थप्दै छलफलमा सहभागी सत्यनारायण यादवले प्रति व्यक्ति ३ लाखको दरले १२ लाख रुपैया पीडितलाई दिने प्रस्ताव गरेका थिए। यादवले बाँकी ८ आठ लाख जति प्रहरी र अदालतमा खर्च हुने र सो रकम आफूहरुले नै तिर्ने पीडितकी आमाले बताइन्।

‘पैसा लिन अस्वीकार गर्दा ज्यान मार्ने धम्की दिन्छ छ,’ बलात्कृत किशोरीले हुलाकी न्यूजलाई भनिन्, ‘बुवा र आमालाई भेटर पैसा लिन भन्छ। नमान्दा घरमै आएर नमिले ज्यान मार्ने धम्की दिन्छन्। घर बाहिर जाँदा अपरिचित व्यक्तिहरु पछि–पछि लाग्छन्।’

बलात्कारका मुख्य योजनाकार गाउँमै रहेको र उसले पनि पैसा लिएर नमिलेको खण्डमा गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले बताइन्। बलात्कारका मुख्य अभियुक्तहरु पक्राउ नपर्दा पीडित मुसहर परिवारलाई घटना मिलाउन लाखौ रुपैयाको प्रलोभन आउने गरेको छ। किशोरी बलात्कार आरोप र सहयोगी भनिएका दुई जना पक्राउ परी पुर्वपक्षका लागि थुनामा छन्।

बलात्कारका मुख्य योजनाकारसहित सहयोग गर्ने ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए । सामूहिक बलात्कारमा धनुषा धरमपुरका शैलेन्द्र यादव, मनोज यादव, श्यामशुन्दर यादवलगायतका रहेका छन्।घटनाको एक महिनाभन्दा बढी हुँदासमेत प्रहरीले पीडिक पक्षबाट घुस लिएर मुख्य अभियुक्तहरुलाई पक्राउ नगरेको पीडितकी अमाले बताइन्।

मुख्य अभियुक्तहरु गामघरमा घुमेको सुचना र अन्य जानकारी पुलिसलाई पटक पटक दिएको छु, पीडितकी आमाले भनिन्, ‘छोरीलाई अपहरण गरी बलात्कार गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले अहिलेसम्म पहल गरेको छैन। बलात्कारीहरु उल्टै घरमा धम्काउन आइरहेका छन्।’ डर–धम्कीकै कारण खेतबारी, जन मजदुरीमा जान सकिएको छैन, उनले भनिन्।

धनुषाधाम नौ सयस्थित दिदीको घरमा बिहेको भोज खानर गएकी किशोरी गाउँकै दाईहरुसँग भदौ १ गते साझ करिब ६ बजे रघुनाथपुर फर्किदै गरेकी मुसहर किशोरीलाई धर्मपुर नजिकै १४–१५ जनाको समूहमा रहेका युवाहरुले घेराउ गरेका थिए।सँगै रहेका दुई जना दाईलाई उक्त समूहले कुटपिट गर्दै सडकमा राखेका थिए र किशोरीलाई उखु खेत हुँदै करिब ३ किलोमिटर लगी ४ जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। हुलाकी न्यूजबाट

विपन्न दलित समुदायको मुहसर थरकी किशोरी डरले केही नबोल्ने भन्दै उनीहरु बलात्कार पछि दिदी घर नजिकैको पुलमा छोडेर फरार भएका थिए। बलात्कार अघि केटाहरुले किशोरीको भिडियोसमेत बनाएका थिए। बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने र ज्यान मार्ने धम्कीसमेत दिइएको पीडितले बताइन्।प्रहरीले बलात्कारको घटना अनुसन्धान गर्दा पिडित किशोरी र उनका परिवार पटक–पटक जनकपुर आवत जावत गर्दासमेत आरोपितका आफन्तले धम्की र आर्थिक प्रलोभन दिएर प्रभावित पार्न प्रयास गरेका थिए।

तर, पिडित पक्ष टसमस नभएपछि गाउमै पञ्चायत गरेर १२ लाखमा बलात्कार घटना मिलाउन चलखेल सुरु भएको छ। घटनामा विभिन्न राजनीतिक दलका नेताहरुले पनि पीडितका परिवारलाई भेटेर स्थानीय स्तरमा घटना मिलाउन दबाबसमेत दिएका छन्।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन ९, शुक्रबार ०६:४० गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन ९, शुक्रबार ०६:४० गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन ९, शुक्रबार ०६:४० गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP