२०८१ श्रावण ९
July 24, 2024, Wednesday

सेभियालाई हराउँदै बायर्नले हात पार्‍यो सुपर कप उपाधि

सेभियालाई हराउँदै बायर्नले हात पार्‍यो सुपर कप उपाधि

काठमाडौं, असोज ९
जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको हो ।

पहिलो पटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको युरोपन खेलमा १५, १८० दर्शकसामु बायर्नले २-१ को जीत हासिल गर्न सफल रह्यो ।युइएफए सुपरकप च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच हरेक बर्ष खेलिने गर्दछ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । बायर्नका लागि खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरेका थिए । योसँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ । यस अघि २०१३ मा बायर्नले यो उपाधि जितेको थियो ।

Related News

‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
‘राजनीतिक अस्थिरताका कारण विकास निर्माणले गति लिन सकेन’
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०८ गते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको कारण विकास निर्माणका कामले गति लिन नसकेको...

कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
कांग्रेसले घोषणा गरेको आन्दोलनको ‘औचित्य’
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०८ गते

काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस यतिबेला सडक आन्दोलनको तयारीमा छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त...

विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
विश्व फिस्टुला दिवस ः काठमाडौँ मोडलमा फिस्टुलाको निशुल्क उपचार
  • २०७७ आश्विन ९, शुक्रबार ०५:०८ गते

काठमाडौं । विश्व २१ औँ फिस्टुला दिवस नेपालमा पनि मनाइएको छ । विहीबार राजधानीको काठमाडौँ मोडल अस्पताल(केएमसी)मा बिरामी र डाक्टरहरुले...

TOP