काभ्रेपलाञ्चोक,असोज ९
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका(४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चोकले जनाएको छ ।
मिति २०८०।०६।१३ गते अं. १४:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.१६ कालधारा स्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले चेक...
मल्लरानी गाउँपालिका-३ सालठाटीस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी...
सरकारले सहकारी मार्फत अनुदानमा किसानको लागि उपलब्ध गराएको रासायनिक मल ब्यापारीलाई बेच्ने सहकारीलाई कारबाही गर्ने भएको छ। बैतेश्वर गाउँपालिकाले केहि...