२०८० चैत्र १५
March 28, 2024, Thursday

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग, किराना पसलमा भेटिए किरा परेका खाद्यान्न !

अनुगमन टोली पुग्दा व्यापारीको भागाभाग, किराना पसलमा भेटिए किरा परेका खाद्यान्न !

काठमाडौं ,असोज ९
धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा शुक्रबार महानगरपालिकाको कृषि विभाग, वाणिज्य विभाग र उपभोक्ताकर्मीको संयुक्त अनुगमन टोली पुग्दा व्यापारीहरूको भागाभाग भएको छ ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यवस्तु लगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडेर हिँडे । अनुगमन टोली आएको खबर सुनेर व्यापारीहरू पसलबाट हिँडेका हुन् ।

तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन सुरू भएलगतै क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए( ‘पानी परेर सामान आएन, बेच्नका लागि सामान छैन ।’

अनुगमन टोलीसँग स्टल २ का व्यापारी बद्री शिवाकोटीले गुनासो पोख्दै भने, ‘बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । ठूला व्यापारीले गलत गरे होलान्, समस्या हामी साना व्यापारीलाई हुन्छ ।’ शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् ।

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो । मैदामा सिलेसा किरा परेको थियो । त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो । पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भन्दै थिइन्, ‘कालो दाल भर्खर ल्याएको । यो दालमा ल्याउँदै कीरा थियो।’

कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त रु प्रश्नको उत्तरमा उनले भनिन्( ‘एउटाबाट फिँजियो होला १’

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ के। जी। आँटा, १० के। जी। सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० के। जी। मासको दाल, ९० के। जी रहरको दाल बिक्री रोक्का गरेको छ । अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ ।

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन ९, शुक्रबार ०७:५८ गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ आश्विन ९, शुक्रबार ०७:५८ गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ आश्विन ९, शुक्रबार ०७:५८ गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP