चितवन ,असोज १०
चितवनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा शुक्रबार राती हेटौंडा ९ का ७४ बर्षिय पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमित पुरुषको राती १२ः३० बजे मृत्यु भएको चितवन मेडिकल कलेजले पुष्टि गरेको छ । असोज ३ गते मेडिकल कलेजमा भर्ना भएका ती पुरुषमा ८ गते कोरोना पुष्टि भएको थियो । चितवनमा अहिलेसम्म मृत्यु भएका ३७ जनामा चितवनका मात्रै १८ जना रहेका छन् ।
आगामी फागुन २३ र २४ गते सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलनको तयारीमा प्रदेश सरकार जुटेको छ । प्रदेश सरकारले...
सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना सञ्चालन भएर बन्द गरिएको द्रुत बस सेवा आजदेखि पुनः सञ्चलन भएको छ । आजदेखि प्रत्यक दिन...
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश...