धनगढी,असोज १०
कैलालीको गौरीगंगा नगरपालिका-६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटल मा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका थिए। यता गुजारा चलाउन गाह्रो भएपछि दसैंको मुखमै भारततिर हिँडेको उनले सुनाए।
‘दसैं र तिहार नजिकै आयो तर के गर्नु ? दसैंमा, तिहारमा पैसो त चाहिन्छ। घरमा केही छैन। नोकरी नगरे कसरी दसैं, तिहार मनाउनु ?’ धामीले भने, ‘त्यसैले दसैंको माया मारेर भारततिर हिनेको।’
धामीका घरमा तीन बच्चा र श्रीमती छन्। ‘चार जना घरमा छन्। अन्नले मात्रै के हुनु। नुन, तेल खर्च चाहिएन रु बिरामी परियो भने नि पैसा चाहिन्छ’, उनले भने, ‘चार महिना रिन काढेर बिताएँ।’
उनीजस्तै दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत गइरहेका छन। त्यहीमध्ये एक हुन्, कञ्चनपुरको पुनर्वास नगरपालिकाका खोमबहादुर कुमाल। ‘गर्जो टार्नका लागि नेपालमा केही पाइएन’, कुमालले भने, ‘अनि कोरोनाको कहरका बीच भारत लागेको।’ दिल्लीमा रहेका मालिकले अब नराख्ने भनेपछि बैंङलोरतिर हिँडेको उनले सुनाए। उनी चैतको लकडाउनका बेला उर्लिंदो हुलमा घर फर्किएका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शिवराज भट्टले लेखेका छन् ।
काठमाडौ, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (आइतबार) बस्दै छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...
काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...
काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...