२०७९ चैत्र १०
March 24, 2023, Friday

बझाङकी बालिका हत्याका दोषीलाई सजाय माग्दै राजधानीमा यस्तो प्रदर्शन

बझाङकी बालिका हत्याका दोषीलाई सजाय माग्दै राजधानीमा यस्तो प्रदर्शन

काठमाडौँ,असोज १०
बझाङकी १२ वर्षीया सम्झना कामीको हत्याको विरोधमा युवाहरु सशक्त रुपमा प्रदर्शनमा उत्रिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा शनिबार युवाहरुले कालोपट्टी बाधेर ‘सरकार बलात्कारीलाई फासी दे’, ‘सरकार देखाऊ इच्छा, पीडित महिलाको सुरक्षा’, ‘हिंसा गर्न पाइदैँन’, ‘कार्यान्वयन नहुने न्याय चाहिदैन’, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

युवाहरुले यस्ता हिंसामा परेका सबै पीडितले न्याय पाउनुपर्ने सरकारसँग माग गरेका छन्। यस्तै संयुक्त दलित युवा संघर्ष समितिले पनि सम्झनाको न्यायका लागि प्रदर्शन गरेको छ।

हजुरबुबासँग बस्दै आएकी सम्झनाको शव गएको बुधबार घर नजिकैको मन्दिरमा फेला परेको थियो। प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको भए पनि रिपोर्ट आउन भने बाँकी छ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ आश्विन १०, शनिबार ११:३७ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ आश्विन १०, शनिबार ११:३७ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७७ आश्विन १०, शनिबार ११:३७ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP