काठमाडौं,असोज १०
बराहक्षेत्र नगरपालिका-१ कटहरेमा ११ वर्षीया एक बालिकाको हत्या भएको छ । शुक्रबार राति करिब १ बजेको समयमा मीना राईको हत्या भएको इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव रावबंशीले जानकारी दिए । उनका अनुसार सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएको बेला ती बालिकाको घर मै हत्या भएको हो । घट्नास्थल वरिपरी बियरका बोतलहरू भेटिएको स्थानीयले बताए ।
वडाध्यक्ष सुरेश श्रेष्ठका अनुसार उनी छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी थिइन् । उनी केही समयपछि निन्द्रा लाग्यो भन्दै घर फर्केकी थिइन् । धामी हेरेर आमाबुबा राति साडे १ बजे आउँदा उनको कोठामा हत्या गरेको अवस्थामा शव भेटिएको उनका बाबु दशरत राईले बताए ।
घट्ना स्थल पुगेर फर्कदै गरेका इन्स्पेक्टर राजबंशीले कर्तव्य ज्यान भएको बताए । उनले घट्नाबारे अनुसन्धान भइरहेको बताए । राति १२र१ बजेसम्म रक्सी खाएर हिड्दै गरेको सूचनाका आधारमा आठजना युवाहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले शनिबार बिहान पक्राउ गरेको छ ।
केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...
काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिकाले आज सूचना जारी...
काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोङ्गबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी...