काठमाडौं,असोज १०
रौतहटमा एक दम्पतीमाथि सांंघातिक हमला गर्ने कार्यमा संलग्न थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियार द्वारा गरिएको अन्धाधुन्द प्रहारबाट देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी दम्पतीमध्ये श्रीमतीको मृत्यु भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा रामएकवाल मुखिया बिन र उनका एकजना आफन्त पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए । यसअघि घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा बली मुखिया बिनलाई पक्राउ गरेको थियोे ।
जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा नं ५ टिकुलिया बस्ने महेश तिवारी आफ्नै घर अगाडि केही छिमेकीसँग छलफल गरी बसेका बेला एक समूहले धम्की दिएको थियो । धम्कीलगत्तै महेश तिवारीले प्रहरी तथा आफन्त र केही राजनीतिक दलका स्थानीय नेतालाई मोबाइल फोनबाट घटना बारे जानकारी गराएका थिए । त्यसपछि शुक्रवार राति ८ः३० बजेको समयमा फेरि आएको सो समूहले एक्कासी तिवारी माथि आक्रमण सुरु गरेका थिए ।
सो क्रममा तिवारीको श्रीमती जगरानी देवीले उनलाई बचाउन खोज्दा उनीमाथि धारिलो हतियार प्रहार भएर मृत्यु भएको थियो । गम्भीर अवस्थामा रहेको महेशको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । रौतहट प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले सांघातिक आक्रमण गर्नेहरु अन्यको खोजी भइरहेको बताए । केही महिना अघि गाउँमा बाटोको विषयलाई लिएर स्थानीय स्तरमा विवाद भएको र सोही विवाद अहिलेको अवस्थासम्म आइपुगेको बताइएको छ।
काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत...
प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७...
सुमेरु किड्नी अस्पतालको बेड नं. २३१; जहाँ अहिले नेपाली कांग्रेसमा पुराना नेता तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल चिकित्सकको नियमित निरीक्षणमा छन् ।...