२०८१ बैशाख ६
April 18, 2024, Thursday

वाग्मती प्रदेशमा अनलाइनबाट शिक्षक तालिम

वाग्मती प्रदेशमा अनलाइनबाट शिक्षक तालिम

काठमाडौं,आश्विन १०

वाग्मती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइबाट पुनस् ताजकी तालिम दिइएको छ । कोरोना भाइरसले गर्दा भौतिक उपस्थिति हुन नसक्ने भएपछि यसरी पहिलो पटक अनलाइन तालिम सञ्चालन गरिएको जनाइएको छ । प्रदेश सरकारअन्तर्गत शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमको आयोजना गरेको हो ।

केन्द्र प्रमुख डा। तोयनाथ खनालका अनुसार तालिममा २ सय ५० जनाभन्दा बढी शिक्षक सहभागी छन् । ‘१३ वटै जिल्लाका माध्यमिक, आधारभूत र प्राथमिक तहमा कार्यरत शिक्षक सहभागी छन्,’ खनालले भने, ‘यो पहिलो कार्यक्रम हो । यसपछि क्रमशस् सबै शिक्षकलाई अनलाइनमैत्री तुल्याएर तालिम दिइने छ ।’

सहभागी शिक्षकलाई १० समूहमा विभाजन गरिएका छन् । एउटा समूहमा २५ जना रहने जनाइएको छ । पाँच दिने तालिममा माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयको तालिम दिइने छ । आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका गणित, नेपाली र सामाजिक विषयको तालिम दिइने जनाइएको छ ।

वाग्मती प्रदेशमा ६ हजार ९ सय सामुदायिक विद्यालय छन् । त्यसमा पढ्ने विद्यार्थी संख्या ९ लाख ३८ हजार र पढाउने शिक्षक ३० हजार ७ सय ४६ जना छन् । कोभिड–१९ फैलिएपछि यो वर्षको शैक्षिक सत्रमा देशभरिका विद्यालय खुलेका छैनन् । सहरी क्षेत्रमा शिक्षकले सीमित विद्यार्थीलाई अनलाइन पठनपाठन गरेका छन् । ग्रामीण तथा पहाडी भेगमा अनलाइन जोडिन नसकेको जनाइएको छ । परिस्थितअनुकुल विद्यार्थी र शिक्षकलाई वैकल्पिक ढंगले अघि बढ्नु पर्ने सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले तालिम उद्घाटनको क्रममा बताए ।

Related News

एन्फाका उपाध्यक्ष लामा छुटे
एन्फाका उपाध्यक्ष लामा छुटे
  • २०७७ आश्विन १०, शनिबार १०:२९ गते

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि...

बस र सुमो ठोक्किँदा सात घाइते
बस र सुमो ठोक्किँदा सात घाइते
  • २०७७ आश्विन १०, शनिबार १०:२९ गते

बनेपा, वैशाख ६ गते । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका –२ बेलामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु...

६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
६० किलो सुन तस्करी प्रकरण : इन्टरपोलबाट जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी
  • २०७७ आश्विन १०, शनिबार १०:२९ गते

काठमाडौँ । ६० किलो सुनमा जोडिएका जीवन चलाउनेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन जारी गरिएको छ । नेपाल प्रहरीको अनुरोधमा...

TOP