२०७९ चैत्र १८
April 1, 2023, Saturday

अवैध लागूऔषध सहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

काठमाडौं,असोज ११
नेपाल प्रहरीले विभिन्न स्थानबाट ६ जना लागू औषध कारोबारी प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५ सय ग्राम अबैध लागूऔषध अफिम, अफिम तौल गर्ने १ थान डिजिटल तराजु, ४ थान मोबाइल सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रुकुम ९पूर्व० पुथा उत्तरगंगा गाउँपालिका १ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्कर बहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका ६ घर भएका २४ वर्षीय रवि गुरुङ रहेका छन् ।

बिभिन्न जिल्लाबाट लागूऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा झोलामा स(साना पोका बनाई राखेको अवस्थामा उक्त अफिम फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी कास्की, पोखरा महानगरपालिका १३ गौडाकोमुखस्थित बाटोबाट नियन्त्रित लागूऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित पोखरा महानगरपालिका १३ गैंडाको मुख बस्ने २५ वर्षीय दिपेश गुरुङलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी स्याङजा, अर्जुनचौपारी गाउँपालिका९३ छापा गहतेबाट करिब ३ किलो १ सय २४ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुल बहादुर क्षेत्री र सोही गाउँपालिका २ बस्ने २२ वर्षीय कृष्ण बहादुर गुरुङ रहेका छन् ।

उक्त स्थानमा गाँजा बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब ३ किलो र कृष्णको घरबाट १ सय २४ ग्राम गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related News

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार जाँदै आन्दोलनरत मिटरब्याजी पीडित
  • २०७७ आश्विन ११, आईतवार १०:५८ गते

काठमाडौ, महोत्तरीबाट ११ दिन हिँडेर काठमाडौँ आई आन्दोलनरत मिटरब्याजी पीडितहरूसँग आज प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्दै छन्। न्याय खोज्दै काठमाडौँ...

पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
पत्रकार केसी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार –२०७९ बाट सम्मानित
  • २०७७ आश्विन ११, आईतवार १०:५८ गते

काठमाडौ, रिपोर्टर्स क्लब नेपालले विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ। क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा...

देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
देशका विभिन्न स्थानमा वर्षा जारी, चट्याङ र हावाहुरीबाट बच्न मौसम बिभागको अनुरोध
  • २०७७ आश्विन ११, आईतवार १०:५८ गते

काठमाडौ, आज (शनिबार) पनि देशभर मौसम बदली भएको छ भने देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...

TOP