काठमाडौं,असोज ११
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तीव्र तयारीमा जुटेका छन् । नेकपाभित्रको लामो आन्तरिक किचलो नाटकीय शैलीमा साम्य भएसँगै प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तीव्र तयारीमा लागेका हुन् ।
निवर्तमान अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नेकपा उपाध्यक्षसमेत रहेका बामदेव गौतमलाई लगिएता पनि उनीविरुद्ध सर्वोच्चमा रिट परेको छ । त्यो मुद्दा अदालतमा ज्यूँका त्यूँ छ । यसैबीच यता प्रधानमन्त्री अोलीले भने पुनर्गठनको तयारी तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीले सोमबार र बिहीबार बस्ने गरिएको बैठक आइतबार आज का लागि बोलाएका छन् ।
हाल अर्थ, सूचना तथा संचार प्रविधि र सहरी विकास मन्त्रालयमा मन्त्री छैनन् । खाली रहेको मन्त्रालयतसहित केही मन्त्रीलाई हटाएर मन्त्रिपरिषद् पुनर्गठन गर्नका लागि प्रचण्ड र ओलीबीच निरन्तर छलफल भइनै रहेको छ ।
पार्टीभित्रको विवाद समाधान गर्न र धेरै पटक चुनाव जितेकाहरुलाई नयाँ मन्त्रीको रुपमा ल्याउने तयारी भइरहेको नेकपा स्रोतले बताएको छ । मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डबीच सहमति भइसकेको स्रोत बताउँछ ।
प्रधानमन्त्री र प्रचण्डबीच कसलाई नयाँ मन्त्रीको रुपमा ल्याउने र कसलाई हटाउने भनेर सहमति नजिक पगिसकेको छन् । कोरोनाले थलिएको अर्थतन्त्रमाथि उठाउनका लागि कसलाई अर्थमन्त्री बनाउने भनेर चर्चा सुरु भएको छ । नेताले आ-आफ्नो गुटकालाई अर्थमन्त्री बनाउन लागि परेका छन् ।
नेकपाभित्रको विवाद समाधानको लागि पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठिन कार्यदलमा ६ सदस्य थिए । यसमा २ जना प्रधानमन्त्री तथा नेकपा आध्यक्ष ओली गुटका, २ जना अर्का अध्यक्ष प्रचण्ड गुटका र २ जना वरिष्ठ नेता नेपाल गुटका नेता थिए । उक्त समितिले पनि मन्त्रिपरिषद् पुर्नगठन गर्न सुझाव दिएको थियो ।
को को छन् मन्त्रीको दौडमा ?
मन्त्रिमण्डल पुनर्गठन हुने भएपछि मन्त्रीका आकांक्षीहरु शिर्ष नेतासँगको निरन्तर लबिङ्गमा छन् । पहिलेदेखि नै पुर्नगठको चर्चा भएको थियो । नयाँ मन्त्रीमा दौडामा सुरेन्द्र पाण्डे, महेश बस्नेत, भीम रावल, यज्ञराज सुनुवार, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, गणेश पहाडी, देवेन्द्र पौडेल, पम्फा भुषाल र कृष्णप्रसाद दाहाल मन्त्रीको दौडमा रहेका छन् । कृष्णप्रसाद दाहाल संसदीय समितिबाट मन्त्री बन्ने चर्चामा छन् ।
को को हुन हट्ने मन्त्री ?
स्रोतका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुन, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत, खेलकुदमन्त्री जगत विश्वकर्मा, उद्योगमन्त्री लेखराज भट्ट र गरिबी निवारणमन्त्री पद्मा अर्याल पनि घर फर्कने मन्त्रीहरुको सूचीमा छन् ।
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।...
डाक्टरमाथि आक्रमण तथा कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर केही दिनयता...