२०८० आश्विन १४
October 1, 2023, Sunday

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, १५ वर्षीय किशोर पक्राउ

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, १५ वर्षीय किशोर पक्राउ

सुनसरी ,असोज ११
बराह नगरपालिका-१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राति घटना भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चतरा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले संघीय प्रहरी ईकाई कार्यालय केनाईन शाखामा ज्यान सम्बन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

शुक्रबार राती राईकी आमा विरामी भई परम्परागत रुपमा हुने उपचारका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका चटपटे किन्न आएका प्रतिवादीसँग चटपटे कै निहुँमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनी उपर जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन ११, आईतवार १२:३६ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन ११, आईतवार १२:३६ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
स्वीट्जरल्याण्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौताको तयारी
  • २०७७ आश्विन ११, आईतवार १२:३६ गते

नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा युरोपेली मुलुक स्वीट्जरल्यान्डसहित तीन मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरिरहेको संस्कृति, पर्यटन...

TOP