मोरङ,असोज ११
विराटगर १२ स्थित मंगलबारे बस्तीमा प्रहरीले छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले ठूलो परिमाणमा घरेलु मदिरा बनाउने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरीका कार्यालय (क) बाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा बनाउने उद्योगमा छापा हान्दा दुई टन क्षमताको तीन गाडी मदिरा बनाउने कच्चा पदार्थ, मदिरा बनाउने भाँडाहरु र एक पुरुष र दुई महिलासहित तीन जनलाई आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर १२ का कृष्ण तामाङ, शान्ता आले र लक्ष्मी राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।
दर्जन बढी मदिरा बनाउने स्थानमा छापा मारेको प्रहरीले जनाएको छ । अवैध रुपमा बस्तीमा घरेलु मदिरा व्यवसायिक रुपमा उत्पादन भई बिक्री वितरण हुने गरेको भन्दै विशेष सूचना आएकाले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार मदिरा र मदिरा बनाउने ठूलो परिमाणमा कच्चा पदार्थ बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । जिल्लाभरी अवैध घरेलु मदिरा नियन्त्रण अभियान सुरु भइसकेको एसपी खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय (क) का अधिकृतद्वय प्रहरी निरिक्षक कुन्दन देव, प्रहरी निरिक्षक विकास राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले जनप्रतिनिधि र स्थानियको रोहबरमा मदिरा बनाउने स्थानमा छापा हानेका थिए ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...