२०७९ चैत्र १०
March 24, 2023, Friday

प्रहरी समायोजन गर्न संघीय सरकारलाई प्रदेश २ को पत्र

प्रहरी समायोजन गर्न संघीय सरकारलाई प्रदेश २ को पत्र

जनकपुर,असोज ११
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय सरकारलाई यथासिघ्र प्रहरी समायोजन गर्न आग्रह गरेका छन् । गृहमन्त्रीलाई शुक्रबार एक पत्र लेख्दै उनले संघीय ऐन अनुसार यथाशीघ्र प्रहरी समायोजन गर्न आग्रह गरेका हुन् ।

मन्त्री यादवले गृहमन्त्री रामबहादुर थापा बादललाई पठाएको पत्रमा प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्न समस्या भएको गुनासो गरेका छन् । ‘कानुनतः प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुनुपर्ने हो । तर व्यवहारमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुन नसकेको अवस्था छ । परिचालन तथा खटनपटनको सम्बन्धमा समन्वय हुन सकेको छैन,’ पत्रमा उल्लेख छ ।

कोभिड १९ को कारणले प्रहरी समायोजनमा केही ढिलाइ हुन गएता पनि प्रदेश प्रहरीको संरचना कार्यान्वयनमा आइसकेको पनि पत्रमा उल्लेख छ ।

‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ कार्यान्वयनको सन्दर्भमा दफा १२ ९१० र १२ ९२० बमोजिम प्रदेश प्रहरीको परिचालन, खटनपटन लगायतका कार्य प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत गर्न गराउन आवश्यक व्यवस्थापन तथा हस्तान्तरण यथाशीघ्र गर्नु हुन अनुरोध छ’, पत्रमा भनिएको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ राष्ट्रपति विद्या देवी भण्डारीबाट २०७६ माघमै प्रमाणीकरण भएको थियो ।

Related News

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीले दिए सामूहिक राजिनामा
  • २०७७ आश्विन ११, आईतवार ०६:४५ गते

हेटौंडा, बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा एमाले संसदीय दलका नेता एवं आर्थिक...

मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
  • २०७७ आश्विन ११, आईतवार ०६:४५ गते

काठमाडौं, मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत...

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै
  • २०७७ आश्विन ११, आईतवार ०६:४५ गते

काठमाडौं, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक...

TOP