२०७९ आश्विन ११
September 27, 2022, Tuesday

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

काठमाडौं,असोज १२
अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् ।

प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । टिकटकमाथिको प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ ।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए । यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो ।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

स्रोत : बीबीसी

Related News

मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
मनास्लु हिउँ पहिरोका सबै घाइतेको उद्धार
  • २०७७ आश्विन १२, सोमबार ०९:५०

काठमाडौं, मनास्लु हिउँ पहिरोमा परेर घाइते भएका ११ जनाको उद्धार गरिएको छ। सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार...

रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
रुसको विद्यालयमा गोली चल्दा १५ जनाको ज्यान गयो, आक्रमणकारीले आत्महत्या गरे
  • २०७७ आश्विन १२, सोमबार ०९:५०

एजेन्सी, रुसको इजेभस्क सहरको एक विद्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये ११...

मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
मनास्लुमा हिउँ पहिरो-१३ जना बेपत्ता, १० भन्दा बढी घाइते
  • २०७७ आश्विन १२, सोमबार ०९:५०

काठमाडौं। गोरखाको मनास्लु हिमालमा हिउँ पहिरो जाँदा १० जनाभन्दा बढी घाइते भएका छन्। १३ जना बेपत्ता भएका छन्। चुमनुब्री गाउँपालिका...

TOP