२०८० आश्विन १४
October 1, 2023, Sunday

सप्तरीमा ५० वर्षीय महिलाको विभत्सव हत्या

सप्तरीमा ५० वर्षीय महिलाको विभत्सव हत्या

सप्तरी,असोज १२
घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका-२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले हत्या भएको अवस्थामा महिलाको शव फेला परेकाले घटनाको अनुसन्धान भइरहेको बताए । घटनाको अनुसन्धानमा इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेश सिंह स्वयम् पुगेको जानकारी दिँदै प्रहरी उपरीक्षक धमलाले घटनाको अनुसन्धानमा सङ्घीय प्रहरी र प्रदेश प्रहरीले समेत सहयोग गरिरहेको जानकारी दिए । आज प्रदेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट आएको टोली घटनास्थल पुगेको छ ।

शवको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण गरिएको छ । गाउँदेखि अली फरकमा रहेको घरमा एक्लै बस्दै आएकी उनको घाँटी डोरीले बाँधेर दबाइएको, आँखा फुटाइएको र कानसमेत काटिएकाले कर्तव्यबाटै हत्या भएको ठहरका साथ प्रहरी अनुसन्धानमा जुटेको प्रहरी उपरीक्षक धमलाले बताए ।

मृतकको हत्या भएको भन्दै उहाँका श्रीमान् शिवनारायण कौडगिया यादवले सामान्य उजूरी दिएको जानकारी दिँदै प्रहरीले हत्याका आरोपित यकिन भएपछि पुनःकर्तव्य ज्यानको उजूरी लिने जनाएको छ । रासस

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन १२, सोमबार ०९:५३ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन १२, सोमबार ०९:५३ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
कात्तिकदेखि नयाँ नोट सटही सुरु हुने, प्रतिव्यक्ति १८ हजार दिइने
  • २०७७ आश्विन १२, सोमबार ०९:५३ गते

नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...

TOP