२०८० चैत्र १५
March 28, 2024, Thursday

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

काठमाडौं,असोज १२
अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् ।

प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । टिकटकमाथिको प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । यद्यपि यस विषयमा आगामी दिनमा फैसला गरिने उल्लेख छ ।

अदालतमा सुनुवाइको क्रममा बाइटडान्सका वकिलले अमेरिकाले लगाएको यो प्रतिबन्धलाई तर्कहीन रहेको बताएका थिए । यस विषयमा अहिले पनि वार्ता जारी रहेको अवस्थामा प्रतिबन्ध लगाउनु उचित नरहेको बाइटडान्सले उल्लेख गरेको थियो ।

बाइटडान्सले सन् २०१७ मा टिकटक सार्वजनिक गरेको थियो । विश्वभर टिकटकका ५० करोड प्रयोगकर्ता र अमेरिकामा करिब आठ करोड प्रयोगकर्ता छन् ।

स्रोत : बीबीसी

Related News

अझै केही दिन वर्षा हुने
अझै केही दिन वर्षा हुने
  • २०७७ आश्विन १२, सोमबार ०९:५० गते

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल...

नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
नेपालमा पाँचतारे होटलको संख्या २२ पुग्यो
  • २०७७ आश्विन १२, सोमबार ०९:५० गते

काठमाडौं- नेपालमा सञ्चालित पाँचतारे होटलको संख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा...

मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
मेयर हमालका छोरी गोवाबाट सम्पर्कबिहीन
  • २०७७ आश्विन १२, सोमबार ०९:५० गते

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालका जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कबिहीन हुनुभएको छ ।  ओशो ध्यान...

TOP