महोत्तरी,असोज १३
महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन् ।
६ महिनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द परेको अवस्थामा तस्करहरुले झोला, पोका र ठूलाठूला बोरासमेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन् ।
सीमा नाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरुको मेला लागेको देखिन्छ भने बाढी र वर्षाको पानीले डुबानमा पारेको स्थानबाट पनि ठूलो मात्रामा नै मटर पार हुने गरेको सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरुको भनाइ छ ।
तस्करहरुले दिनको समयमा कम गतिविधि गरे पनि रातिको बेला रातभर सीमा नाकाको गाउँहरु हुँदै मटर तस्करी गर्ने गरेको र रातभरि ओहोरदोहोर गर्ने गरेको गाउँलेहरु बताउँछन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले प्रहरीले जानकारी पाएको खण्डमा कुनै पनि अवस्थामा तस्करीका सरसामान नियन्त्रणमा लिने गरेको तथा तस्करलाई समात्ने प्रयास भइरहेको बताए । सोही क्रममा अहिले दैनिक विभिन्न स्थानबाट मटर बरामद हुने गरेको उनको भनाइ छ । (रासस)
काठमाडौं – काठमाडौंको खानेपानीमा दिसामा पाइने जीवाणु भेटिएको छ। जसले गर्दा हैजा फैलिएको विज्ञहरूले बताएका छन्। काठमाडौंमा हैजाका बिरामी देखिएपछि...
१३ असार, काठमाडौं । सरकारले नेपालमा रहेका र विगतमा विभिन्न कारणले परिचयपत्र पाउनबाट छुटेका शरणार्थीहरुलाई परिचयपत्र दिने तयारी गरेको छ...
लमजुङ । तत्काल मल उपलब्ध गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी लमजुङले सरकारलाई ध्यानाकर्षण गराउन कृषि ज्ञान केन्द्र लमजुङमा एक घण्टे धर्ना...