२०७९ मंसिर १६
December 2, 2022, Friday

सुशान्त आत्महत्या प्रकरण : दीपिकासहित चार नायिकाको बैंक खाता छानबिन हुने

सुशान्त आत्महत्या प्रकरण : दीपिकासहित चार नायिकाको बैंक खाता छानबिन हुने

काठमाडौं,असोज १३

बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्युरोले गत शनिबार ड्रग्सको मुद्दामा दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरलाई सोधपुछ गर्‍यो ।

सोधपुछका क्रममा उनीहरूको मोबाइल फोन पनि कब्जा गरिएको थियो । तर, सारा र श्रद्धाको एनसीबीले पेपरमा हस्ताक्षर लिन बिर्सिए । पछि, एजेन्सी दुबै अभिनेत्रीको घर गए र हस्ताक्षर लिए । यद्यपि सारा त्यस समय घरमा फेला परिनन् । त्यसैले एनसीबीले उनको टोलीबाट एक सदस्यको हस्ताक्षर लियो ।

अब फेरि नारकोटिक्स कन्ट्रोल ब्यूरोले दीपिका, सारा, श्रद्धा र रकुलको बैंक खाताबाट भएको लेनदेनको समेत छानबिन गर्ने भएको छ । उनीहरूले औषधि किन्नका लागि लेनदेन गरेका छन् वा छैनन्, भन्ने कुराको छानबिन हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो ३ बर्षमा अभिनेत्रीहरूले क्रेडिट कार्डबाट लिएको भुक्तानीको अनुसन्धान पनि गरिएको छ ।

अभिनेत्रीहरूले स्विकारे ड्रग्स च्याट

शनिबार एनसीबीबाट साढे पाँच घण्टाको अनुसन्धानमा दीपिका पादुकोणले उनीसँग उनको प्रबन्धक करिश्मा प्रकाशसँग गरेको ड्रग्स च्याटको स्विकार गरेकी छिन् । यद्यपि उनले आफैँले ड्रग्स सेवन गरेको अस्वीकार गरिन् ।

त्यस्तै, सारा र श्रद्धाले ६ घण्टासम्म चलेको अनुसन्धानमा उनीहरूले सुशान्तलाई फिल्मको सेटमा ड्रग्स खाएको देखेको समेत बताएका थिए । यद्यपि, उनीहरूले पनि आफैँले ड्रग्स सेवन गरेको भने अस्विकार गरे ।

रकुल प्रीतसिंहलाई शुक्रबार सोधपुछ गरिएको थियो । उनले रियासँग ड्रग्स च्याट गरेको कुरामा सहमती जनाएकी थिइन् । रिया अहिले प्रहरी नियन्त्रणमा नै छिन् । एजेन्सी

Related News

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ
  • २०७७ आश्विन १३, मंगलवार ११:५० गते

काठमाडौं– नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले निर्वाचनबाट प्राप्त अभिमतअनुसार सरकार गठनका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि...

वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
वर्तमान निर्वाचन कानूनसँग सन्तुष्ट छैनौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
  • २०७७ आश्विन १३, मंगलवार ११:५० गते

काठमाडौ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नरहेको बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा आयोजित...

अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग लगनगाँठो कसिन दाहोरी गायिका कल्पना दाहालले
अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग लगनगाँठो कसिन दाहोरी गायिका कल्पना दाहालले
  • २०७७ आश्विन १३, मंगलवार ११:५० गते

काठमाडौं, दोहोरी गायिका कल्पना दाहाल विवाहवन्धनमा बाँधिएकी छन् । हाल अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विवाह भको हो । गतजेठमा...

TOP