एजेन्सी,असोज १४
सोमबार बिहान पहाड माथिबाट उडिरहेको धुवाँ देख्नेबितिकै विल अब्राम्सले आफ्नो सपरिवारसहित क्लालिफोर्नियाको वाइन कन्ट्रीस्थित आफ्नो भाडाको घर तुरुन्त छोडिदिए ।
उनले हतार–हतार पिकअप ट्रकमा ल्यापटप, कपडा, स्लिपिङ्ग ब्याग र टेन्ट राखे अनि सुरक्षित ठाउँ नजिक निस्किए । २०१७ मा पनि अब्राम्सले आगोका कारण नै सैंटा रोजा स्थित आफ्नो घर छोडेका थिए ।
पछिल्लो वर्षमा पनि सोनोमा काउन्टीमा जंगलमा लागेको आगोका कारण नै उनले घर छोडेका थिए । क्यालिफोर्नियास्थित वाइन कन्ट्रीमा द्रुत गतिमा आएको हावाका कारण फेरि आगो भड्किएपछि कयौँ घर नष्ट भयो । करिब ७० हजार मानिसहरुले त्यो ठाउँ छोडे ।
यसअघि तीन वर्ष पहिले पनि सोनोमा काउन्टीमा यसैगरी आगो फैलिएको थियो । आगोमा परि २२ जनाले ज्यान गुमाएका थिए । अहिले पनि सबै लाचार छन्, घर छोड्न बाध्य भएका छन् ।
अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गली क्षेत्रमा लागेको डढेलो महिनौसम्म नियन्त्रणमा आउन सकेको छैन ।
यो वर्ष क्यालिफोर्नियामा लागेको डढेलो सोमबारसम्म १५ हजार १७५ वर्गकिलोमिटर ९३७ लाख ५० हजार एकर० मा रहेको जङ्गली क्षेत्र विनास भएको क्यालिफोर्नियाको वन तथा आगलागी नियन्त्रण विभागले जानकारी गराएको छ ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...