काठमाडौं,असोज १५
कलाकार तथा निर्माता केशव भट्टराईको गत वर्षको मंसिरमा निधन भयो । केशबले आफ्नो जिवन काल खण्डको तीन दशक नेपाली चलचित्र क्षेत्रमा विताए । चलचित्र ‘कोशेली’ बाट अभिनेताको रुपमा डेब्यू गरेका केशबले आफ्नो अभिनय करिअरमा २ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । चलचित्र विकास बोर्डको अध्यक्षमा रहँदा निधन भएका उनी त्यसअघि नेपाल विद्युत प्राधिकरणमा कार्यरत थिए ।
सुपरहिट चलचित्र ‘आफ्नो मान्छे’ को कमाईबाट काठमाडौंको अनामनगरमा घर किनेका केशबले अर्को चलचित्र ‘सो सिम्पल’ असफल भएपछि उनी ऋणमा डुबेर सो घर नै बेच्नुपर्यो । यसपछि अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्दै आएका केशबले बैंकसँग लोन लिई सिनामंगलमा एउटा अपार्टमेन्ट किनेका थिए । सो अपार्टमेन्टमा सर्न नपाउँदै उनी अस्ताए ।
उक्त अपार्टमेन्टको लोन तिर्ने उद्देश्यले चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको अध्यक्षतामा गठन भएको ‘केशव भट्टराई परिवार सहयोग समिति’ ले स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई संकलित रकम हस्तान्तरण गरेको छ ।
बुधवार ९हिजो० चलचित्र विकास बोर्डको सभा हलमा अमेरिका, अस्ट्रेलिया, बेल्जियम, दुबईलगायतका देशहरुमा बस्ने नेपाली चलचित्रकर्मीले समितिलाई पठाएको कूल ३३ लाख ३७ हजार स्वर्गीय भट्टराईको परिवारलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा राजकुमार राई, दयाराम दाहाल र नीर शाह उपस्थीत भएका थिए ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...