काठमाडौं,असोज १५
आज (बिहीबार) रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । २०७२ को विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा पुग्दै गर्दा आज रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको हो । धार्मिक विधिअनुसार पूजा गरी गजुर स्थापना गरिएको हो ।
रानीपोखरी पुनर्निर्माणको काम अहिले धमाधाम चलिरहेको छ । पोखरीमा पानी पनि जमाइसकिएको छ ।
२०७२ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यो वर्षको वैशाख १२ गते नै उद्घाटन गर्ने भनिएको थियो तर विभिन्न विवादका कारण पुनर्निर्माणमा ढिलासुस्ती हुँदा यो हुन सकेन । शिलान्यास भएको करिब ५ वर्षपछि अब पुनर्निर्माण सकिने चरणमा छ । निर्माण पुरा भएपछि उद्घाटन पनि राष्ट्रपतिबाटै गराउने योजना छ ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...