काठमाडौं,असोज १६
काठमाडौं महानगरपालिका भित्रका ३२ वडाका ९ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ हजार ९६५ जना निको भइसकेका छन् ।
महानगरपालिकाले सार्वजनिक गरेको असोज १४ सम्मको तथ्यांक अनुसार काठमाडौं महानगरभित्र हालसम्म ७६ जनाको मृत्यु भइसकेको छ । यस्तै होम आइसोलेसनमा २ हजार ८४१ रहेका छन् भने अस्पतालमा ५४७ जना छन् ।
महानगरको वडा एकमा मात्रै ११९ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमित १८२ मध्ये ६२ जना निको भएका छन् ।
महानगरको वडा १५ मा अत्यधिक ८५८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५७ जनामा निको भइसकेका छन् । ४९७ सक्रिय संक्रमितको उपचार भइरहेको महानगरले जनाएको छ ।
काठमाडौं । देशभर थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
१२ असार, काठमाडौं । काठमाडौंको चन्द्रागिरिको जंगलमा हराएका ३ विदेशी नागरिकको प्रहरीले उद्दार गरेको छ । शनिबार साँझ पौने ७...
काठमाडौँ – जिम गएर समेय खेर फालिरहेका युवाहरुका लागि धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले गजबको योजना ल्याएका छन् । उनले...