२०८० आश्विन १६
October 3, 2023, Tuesday

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र बार्सिलोना एकै समूहमा

च्याम्पियन्स लिगको ड्र सार्वजनिक, युभेन्टस र बार्सिलोना एकै समूहमा

काठमाडौँ,असोज १६
यस सिजनको लागि यूईएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । यूईएफएले विहिबार नयाँ सिजनको लागि समूह चरणको ड्र सार्वजनिक गरेको हो ।

सार्बजनिक भएको ड्रमा युभेन्टस र बार्सिलोना एकै समुहमा परेपछि अब रोनाल्डो भर्सेज मेसीको खेल फेरी हेर्न पाइने भएको छ । त्यस्तै पिएसजी र म्यानचेस्टर युनाइटेड समेत एकै समुहमा परेका छन् । युइएफले सिधै छनौट भएका २६ टिम र छनौट खेल खेलेर आएका ६ टिम गरि ३२ क्लबको ८ समुहको ड्र सार्बजनिक भएको छ ।

को-को कुन समूहमा ?
समूह ए : बायर्न म्युनिख, एटलेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को

समूह बी : रियल म्याड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक

समूह सी: एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से

समूह डी : लिभरपुल, आयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड

समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्नेस

समूह एफ : जेनिट सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुगा

समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेन्साव्रोसी

समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

च्याम्पियन्स लिगका समुह चरणका खेल अक्टोबर २१ देखि शुरु हुने छन् । त्यस्तै दोस्रो खेल अक्टोबर २८ मा हुने छन् । त्यस्तै तेस्रो नोभेम्बर ४ मा र चौथो नोभेम्बर २५ मा हुने छन् । त्यस्तै पाँचौ डिसेम्बर २ मा र समुह चरणको अन्तिम तथा छैठौ खेल डिसेम्बर ९ मा हुने तालिका रहेको छ ।

Related News

नेपाल भारतसँग पराजित
नेपाल भारतसँग पराजित
  • २०७७ आश्विन १६, शुक्रबार ०५:५५ गते

एसियाली क्रिकेटअन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । भारतले प्रस्तुत...

      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
      लागु औषध चरेश जस्तो देखिने पदार्थ ५ के.जी. सहित २ जना व्यक्ति पक्राउ
  • २०७७ आश्विन १६, शुक्रबार ०५:५५ गते

मिति २०८०।०६।१३ गते अं. १४:०० बजेको समयमा का.जि. का.म.न.पा. वडा नं.१६ कालधारा स्थितमा प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले चेक...

सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
सहकारी संस्थाबाट विभिन्न धनमाल चोरी
  • २०७७ आश्विन १६, शुक्रबार ०५:५५ गते

मल्लरानी गाउँपालिका-३ सालठाटीस्थित लालीगुराँस वचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी...

TOP