काठमाडौं,असोज १६
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज फेरी हुँदैछ ।
यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखेको थियो । असोज ७ गते न्यायाधीश डा.आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार बुधबारदेखि संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।
निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेतीलगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसकेका छन् । गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा।डा। युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले आज बहस गर्ने बताइएको छ ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । असोज १ गते उनले पद तथा गोपनीयताको शपथ लिए ।
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले एक घण्टाभित्र मन्त्रीमण्डल पुनार्गठन हुने बताएका छन् । पार्टीका नेताहरूलाई...
काठमाडौँ – भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि रु ६ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार...
काठमाडौं । नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई उनि नेता नभएर च्यातिएको टालो मात्र...