काठमाडौ,असोज १६
स्पेनिस ला लिगा फुटबलको दोस्रो खेलमा बार्सिलोनाले प्रभावशाली जित दर्ता गरेको छ । खेलको पहिलो हाफमै १० खेलाडीमा सीमित भएको बार्सिलोनाले सेल्टा डी भिगोमाथि ३-० को जित दर्ता गरेको हो ।
आवे मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि सेल्टा डी भिगोका लुकास ओलाजाले एक गोल उपहार दिए भने आन्शु फाती र सर्गेइ रोबर्टोले एक(एक गोल गरे । खेलको ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड खाएर बाहिरिएपछि बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा सीमित भएको थियो ।
बार्सिलोनाका लागि पहिलो गोल खेलको ११ औँ मिनेटमा फातीले गरे । फिलिप कोन्टिन्होको पासमा पहिलो गोल भएको थियो । पहिलो हाफ १-० को अन्तरमा सकिएको खेलको ५१ औँ मिनेटमा लियोनल मेस्सीको क्रस बललाई जोगाउने क्रममा सेल्टाका ओलाजाले बार्सिलोनालाई एक गोल उपहार दिए ।त्यसपछि संघर्षपूर्ण बनेको खेलको ९० मिनेटसम्म कुनै गोल हुन सकेन् । इन्जुरी समयमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई ३-० को जित दिलाएका हुन् । यो जितसँगै बार्सिलोनाले लिगमा उत्कृष्ट सुरुवात गर्दै शुरुका दुवै खेलमा जित हासिल गरेको छ । बार्सिलोनाको २ खेलमा ६ अंक भएको छ । बार्सिलोनाले अब आइतबार राति सेभियाविरुद्ध खेल्ने छ ।
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...