मुग्लिन,असोज १७
त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खस्दा तीन जना घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइेत हुनेमा ट्रक चालक गल्छी-७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । ट्रकको आधा भाग डुबेको अवस्थामा छ ।
इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । रासस
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...