काठमाडौं,असोज १७
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले बुटवलमा आन्दोलन गर्ने घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले बुटवलमा आन्दोलन गर्ने घोषणा गरेको हो । प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए ।
दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हो । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय भएको कांग्रेस रूपन्देहीले जनाएको छ ।
बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय भएको समेत बताइएको छ । हिजो पनि रूपन्देहीलाई राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ ले विरोध प्रदर्शन गरेको थियो । सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै गाडीमा तोडफोड समेत गरिएको थियो ।
सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...
शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...
नेपाल राष्ट्र बैँकले कात्तिकको सुरुदेखि नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ । राष्ट्र बैँकका मुद्रा व्यवस्थापन विभगका निर्देशक बासुदेव...