२०७८ माघ ४
January 18, 2022, Tuesday

बाजुरामा आमासहित चार छोराछोरी वेपत्ता, नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धान

बाजुरामा आमासहित चार छोराछोरी वेपत्ता, नदीमा हाम फालेको प्रारम्भिक अनुसन्धान

बाजुरा,असोज १७
दुर्गम जिल्ला बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा शुक्रबार चार छोराछोरीसहित आमा बेपत्ता भएकी छिन् । रुगीन गाउँमा घर भई कवाडीमा बस्दै आएका स्थानीय धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली र उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराले आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

डिएसपी मनजीत महराले भने, ‘एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको खबर छ, नेपाली सेना, प्रहरी र स्थानीयले नदी र वरपर संयुक्त रुपमा खोजी कार्य गरिरहेको भए पनि अहिलेसम्म भेटिएका छैनन् ।’

कवाडी बजार कवाडी नदी र कर्णाली नदीको संगमस्थल नजिकै पर्दछ । प्रहरीले उनका श्रीमान् धर्मलाई नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान सत्ता नेपाली गाउँमा खलो माग्न गएका थिए । उनी गाउँबाट फर्किंदासम्म घरमा श्रीमान्ले खाना नपकाएकाले श्रीमान् श्रीमतीबीच खटपट भएको थियो ।

सासुले छोरा बुहारीको खटपटपछि बुहारी बच्चाहरुलाई लिएर नदीतिर लागेको देखेको बताएकी छिन् । दलित समुदायका विपन्न परिवारहरुले खेती पाकेपछि घरघरबाट अन्न माग्ने चलनलाई खलो प्रथा भनिन्छ । बाजुराका सबै गाउँतिर खलो माग्ने परम्परा विद्यमान छ ।

Related News

कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
कोभिशिल्डको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने
  • २०७७ आश्विन १७, शनिबार ०४:३६

२२ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ...

देशभरि थपियो १४३३ खोप केन्द्र
देशभरि थपियो १४३३ खोप केन्द्र
  • २०७७ आश्विन १७, शनिबार ०४:३६

२३ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता...

पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
पत्रकार कुशलभ केसीको उदारता — आफुलाई आक्रमण गर्नेलाई आम माफी ।
  • २०७७ आश्विन १७, शनिबार ०४:३६

काठमाडौँ । अनलाईन टीभी पत्रकार संघका केन्द्रीय उपाध्यक्ष तथा सञ्चार चौतारी डटकम र क्राइम टीभी नेपालका सञ्चालक पत्रकार कुशलभ केसीले...

TOP