काठमाडौं,असोज १८
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको रहस्य सुल्झाउने क्रममा बलिउडमा ड्रग्स केश पनि बाहिरियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीदेखि दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूर जस्ता स्टारहरुमाथि एनसीबीले सोधपुछ गर्यो ।
ड्रग्स केसमा धमाधम छानबिन चलिरहेका बेला बलिउडकै अर्का अभिनेता अक्षय कुमारले भने बलिउडमा ड्रग्सको कुनै समस्या नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै भनेका छन् -‘बलिउडमा ड्रग्सको कुनै समस्या छैन । सबै व्यक्तिहरूले ड्रग्स लिन्छन् भन्ने पनि होइन । म विश्वस्त छु कि हाम्रो कानून र अदालतले यस विषयमा अनुसन्धान गरी सही निर्णय लिनेछ । यो उद्योगलाइ बद्नामी नजरले नहेरियोस् ’
अक्षयले सामाजिक सञ्जालमा सो भिडियो सेयर गरे पश्चात उनलाई बलिउडका धेरै कलाकारहरुले समर्थन गरेका छन् । धेरै प्रशंसकहरूले पनि उनको समर्थन गरेका छन् । करण जौहर, सिद्धार्थ मल्होत्रा, वरुण धवन, अंगद बेदी र अन्यले अक्षयको भिडियो आफ्नो सञ्जालमा सेयर गरेर भनेका छन् । एजेन्सी
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको...
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित एमाले...
काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले सूचनाको हकको प्रत्याभूतिसँगै त्यसबाट समाजमा सुशासन कायम हुने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...