काठमाडौं,असोज १८
चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत जिल्लाको कालिका नगरपालिका ७ जुटपानी बस्ने ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते साँझ उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसीयूमा भर्ना गरिएको थियो । उपचारका सबै उपायहरु गर्दागर्दै बिहान ६ः३५ बजे उनको मृत्यु भएको पौडेलले बताए ।
ती पुरुषको मृत्यु भएसँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ जना पुगेको छ ।
काठमाडौँ, मलेसियाको क्वालालम्पुरबाट काठमाडौँ आइरहेको नेपाल एयरलाइन्स र दिल्लीबाट काठमाडौँ आइरहेको एयर इन्डियाको जहाज आकाशमा झन्डै ठोक्किएको घटनामा एयर इन्डियाका...
जनकपुरधाम, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ । चार दिनसम्म नियम निष्ठापूर्वक मनाइने चैती छठको मूलविधि आज...
काठमाडौ, क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज (सोमबार)का लागि पेशी तोकिएको छ। जिल्ला अदालत काठमाडौंमा...