२०८० जेष्ठ २२
June 5, 2023, Monday

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

काठमाडौं,असोज १८
भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमिति बैठकबारे दिउँसो निर्णय हुनेछ ।

स्रोतका अनुसार भर्चुअलमाध्यमबाट केन्द्रीय कार्यसमिति बैठक गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ ।

बैठक स्थगित हुने सम्भावना बढी छ । कांग्रेस कार्यालय स्रोतले भन्यो, ‘भर्चुअल गर्ने कि भन्ने पनि छ तर, नेताहरुले केही दिन हेरौं न भन्नु भएकाले बैठक स्थगित हुने देखिन्छ ।’

Related News

झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
झापामा गर्मीका कारण एक बृद्धको मृत्यु
  • २०७७ आश्विन १८, आईतवार ०६:१३ गते

 केहि दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जिवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८...

राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
राष्ट्रपतिद्वारा विभिन्न देशका लागि राजदूत नियुक्त
  • २०७७ आश्विन १८, आईतवार ०६:१३ गते

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत...

भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
भुटानी शरणार्थी प्रकरण आजदेखि थुनछेक बहस शुरु, पुर्पक्षमा पठाउने नपठाउने निर्णय हुने
  • २०७७ आश्विन १८, आईतवार ०६:१३ गते

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजवाट शुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न...

TOP