२०८० आश्विन १४
October 1, 2023, Sunday

प्रा डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न नेता देउवा र थापाको आग्रह

प्रा डा. केसीसँग अविलम्ब वार्ता गरी माग पूरा गर्न नेता देउवा र थापाको आग्रह

काठमाडौँ,असोज १८
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनरत प्रा डा. गोविन्द केसीको जटिल स्वास्थ्य स्थिति दृष्टिगत गरी अविलम्ब वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सभापति देउवाले आज एक अपिल जारी गरी चिकित्सा शिक्षामा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदम चाल्नेसमेतका उहाँका माग केवल एक व्यक्तिको मात्र नभएको जनाउँदै जनभावनानुरुपका माग र आवाजको सुनुवाइ गर्नु सरकारको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री देउवाले प्रा डा केसीका माग पूरा गर्दै आफ्नो नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ २०७४ कात्तिक २४ मा जारी गरे पनि वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नाको परिणाममा आजको स्थिति उब्जिएको जनाउँदै वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा २०७५ साउनमा प्रा डा केसीसँग गरिएको सम्झौता फेरि पनि संवादमार्फत समाधानमा पुगेर सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

उहाँले संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै डा केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, माग पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किञ्चित ढिलाइ नगर्न आग्रह गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रा डा केसीको जीवन रक्षा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेता थापाले जटिल स्वास्थ्यावस्थामा पुग्नुभएका प्रा डा केसीको जीवन रक्षाका लागि प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ ।रासस

Related News

सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
सरकार र आन्दोलनरत राहत शिक्षकबीच पाँच बुँदे सहमति
  • २०७७ आश्विन १८, आईतवार १२:०४ गते

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा...

शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
शिक्षक सवार गाडी सिन्धुलीमा दुर्घटना, १० जना घाइते
  • २०७७ आश्विन १८, आईतवार १२:०४ गते

शिक्षक चढेको गाडी शुक्रबार बिहान सिन्धुलीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।  सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको मधेश प्रदेश ०४–००१...

पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
पशुपन्छी विकास तर्फका कार्यालयको मन्त्री भुसालले गरे छड्के अनुगमन
  • २०७७ आश्विन १८, आईतवार १२:०४ गते

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले पशुपन्छी विकास अन्तर्गतका केन्द्रीय कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।...

TOP